गजल
अरु विधा भन्दा मलाई जाती लाग्छ गजलएकान्तको भरपर्दो साथी लाग्छ गजल
स्वार्थ रहीत भावनाले ओतप्रोत हुने
संसार नै अटाउने छाती लाग्छ गजल
मनका यी तरंगलाई समेटेर राख्ने
साहित्यका विधा मध्ये माथि लाग्छ गजल
आरोह र अवरोह जीवनका लक्ष्य
हिसाब गर्दा माना भन्दा पाथी लाग्छ गजल
थोरै ठाउँमा धेरै कुरा अटाउन सक्ने
प्रयास गरी अघि बढ्ने आँटी लाग्छ गजल
इन्दिरा प्रयास
दमक झापा -नेपाल