गज़ल
किन होला मष्तिष्क नै थाकेको छ आजभोलिसन्तापले भित्र भित्रै पाकेको छ आजभोलि
अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि
बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै
समयले खाडलमा जाकेको छ आजभोलि
तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि
डर र त्रासले सताउँदै रात दिन सधैँ भरि
नियतिले तीखो वाण ताकेको छ आजभोलि
जिन्दगीको अवसान अशान्तिले नहोस भन्दै
हृदयले देवी देवता भाकेको छ आजभोलि
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
22 December,2012