गज़ल
सोझासिधा निमुखाको आश टुट्नु हुन्नथिचिएर निसासिंदै सास टुट्नु हुन्न
संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न
सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न
हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न
अधर्म र असत्यको बाटो हिड्ने लाई
ठूलो पाप लाग्छ भन्ने त्रास टुट्नु हुन्न
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका
यो सदाशयताको लागि हार्दिक आभार सहित धन्यवाद,प्रिय Butwal Online !!