|

गज़ल

सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न

संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न

सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न

हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न

अधर्म र असत्यको बाटो हिड्ने लाई
ठूलो पाप लाग्छ भन्ने त्रास टुट्नु हुन्न

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका

Posted by Butwalonline on 7:13 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "गज़ल"

  1. यो सदाशयताको लागि हार्दिक आभार सहित धन्यवाद,प्रिय Butwal Online !!

Leave a reply