हार्दिक समबेदना
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्राजातान्त्रिक सेनानी भीमबहादुर तामाङ ज्युको ७८ वर्षको उमेरमा असामयिक निधनको खबरले हामीलाई स्तव्ध तथा अत्यन्त मर्माहित बनाएको छ।बि.सं.२०१४ सालमा नेपाली काँग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक समाजवादको संघर्षमा सकृय रहनुभएका नेता तामाङ नेपाली राजनैतिक वित्तचित्रमा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने सादा जीवन उच्च-विचारका धनी हुनुहुन्थ्यो। विपीको आदर्शबाट प्रेरित आदरणीय नेताको यो दुखद निधनले नेपाली काँग्रेसमा निष्ठाको राजनीति गर्ने व्यक्तित्वको अभाब रहनेछ।
नेपाली काँग्रेसले उच्च विचार र आदर्शका धनी श्रदेय नेता गुमाएर जुन क्षति व्यहोरेको छ, त्यसरी नै आदर्शवादी नेपाली राजनीतिज्ञले आदर्शवादी नेता गुमाउन पुगेका छन्। यो अपुरणीय क्षतिलाई आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्न सके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ भन्दै नेपाली राजनीतिका पारखी एवं सम्पूर्ण नेपाली जनता नेता तामाङको जीवनलाई निष्ठागत राजनीतिको पाठशालाको रुपमा ग्रहण गर्न सके स्वोर्गिय नेता तामाङ जि प्रती को सच्चा सर्दान्जली हुने छ,यस दुःखद घडीमा दिवंगत आत्माको चिर-शान्तिको कामना गर्दै शोक संतव्ध परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान होस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछु साथै नेपाली जनसंपर्क समिती युएइको आयोजनामा निम्नाअनुसार शोक सभाको आयोजना गरिएको हुँदा उपस्थीती भईदिनु हार्दिक अनुरोध गर्दछु।
कार्यक्रम
मिती : २० डिसेम्बर २०१२ बिहीवार
स्थान : एभरेष्ट होटेल बर दुबइ
समय : बेलुका ७ बजे
जयनेपाल
मनोज गोर्खाली
सभापति
नेपाली जनसंपर्क समिती यूएई,दुबइ क्षेत्रीय समिती ,परिबार