|

ढिस्कोले च्यापिएर एक युवकको मृत्यु

प्यूठान मंसिर २३ - घर बनाउन ढुङ्गा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर शुक्रबार साँझ प्युठानमा एक युवकको मृत्यु भएको छ । प्यूठान धरम्पानी-७ जावुनेका १८ वर्षका शिवबहादुर घर्ती मगरको ढिस्कोमा च्यापिएर ज्यान गएको हो ।

ढिस्कोले पुरिएर घाइते भएका घर्तीलाई उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक मित्रबन्धु शर्माले बताउनुभयो । आफ्नै घर निर्माणका लागि घर्तीले ढुङ्गा निकाल्न लागेको प्रहरीले जनाएको छ ।
 समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढिस्कोले च्यापिएर एक युवकको मृत्यु"

Leave a reply