|

तिहारमा प्रयोगहुने बस्तुहरुको गतबर्षको तुलनामा मुल्य निकै बृद्धि

बिनोद परियार,बुटवल ,कार्तिक २८ - तिहारमा प्रयोग हुने बस्तुहरुको अघिल्लो बर्षको तुलनामा मुल्य निकै बढेको छ । चाडवाडको समयमा व्यापारीहरुले विभिन्न बहानामा उपभोग्य वस्तुमा आपसी मिलेमतोमा कृत्रिम अभाव गर्ने एवं मुल्य बढाउने गरेको गुनासो उपभोक्ताहरुले आरोप लगाएका छन् । तिहारको समयमा खाद्यान्न, चिनी, मरमसला लगायत दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशनसम्म मूल्य वृद्धि भएकोछ ।
बढी उपभोग हुने चाडपर्वका समयमा बजार भाउ बढ्दा सर्वसाधारण उपभोक्ताहरु निकै प्रभावित भएका छन् । धेरैजसो उपभोग्य वस्तुमा व्यवसायीले चाडपर्वको मौका छोपेर आपसी मिलेमतोमा भाउ बढाएका छन् । लुम्बिनी अञ्चलका सबै जिल्लाहरुमा तिहारमा प्रयोग हुने मरमसला, ध्यू, चिनी, फलफुल, मिठाई, फुलका माला लगायतको मूल्य आकाशिएको छ । मुल्य बृद्धिका विषयमा व्यापारीहरुले ढुवानी मुल्य बढेको, प्रयाप्त सामान नपाएको लगायत तर्क गरि एकअर्कालाई दोष दिने गरेका छन् । सरकारले पसलमा उपभोक्ता मूल्य टास गर्नु पर्ने बताएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । बजारमा भाईटिकामा प्रयोग हुने ओखरको समेत मूल्य बृद्धि भएको गुनासो गरिएको छ ।

Posted by Butwalonline on 8:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिहारमा प्रयोगहुने बस्तुहरुको गतबर्षको तुलनामा मुल्य निकै बृद्धि "

Leave a reply