|

जीप चढ्न नपाए पछि जिप मालिकको हत्या

पोखरा, १२ मंसिर । कास्कीको ल्वाङ्गघलेल गाविसमा युवाहरुको कुटाईबाट एकजनाको ज्यान गएको छ । सोमबार राति ल्वाङ्गघलेल गाविसको कोप्चेपाखाँ भन्ने ठाउँमा स्थानीय सुकबहादुर विक र जगदीश गुरुङ सहितका युवाको कुटाईबाट रिभान–६ का गमबहादुर थापाको ज्यान गएको हो । मालिक समेत रहेका २९ बर्षीय गमबहादुरलाई युवाले भनेको ठाउँमा जीप नलगिदिएको आरोपमा कुटपिट गरेर हत्या गरेका हुन् ।

कुटपिटमा संलग्न भनिएका दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय अन्य १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।ल्वाङ्गघलेल वडा नम्बर २ र ३ का १५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । हत्या गरिएका गमबहादुरको शव विहान सवेरै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीप चढ्न नपाए पछि जिप मालिकको हत्या "

Leave a reply