थान्का हेर्दा हेर्दै बेहोस भएका फ्रान्सेली नागरिकको मृत्यु
काठमाडौँ, कात्तिक २४ - ठहिटीचोकस्थित थान्का पसलको कुर्सीमा बसी कपडा हेरिरहेको अवस्थामा हिजो साँझ एक्कासी बेहोस भएका फ्रान्सेली नागरिकको मृत्यु भएको छ।
ज्याठास्थित उत्से होटलमा बस्ने फ्रेन्च नागरिक करिव ५५ वर्षका फ्रान्सिस लोङगाप्स्ने हिजो साढे ७ बजे अचानक बेहोस भएका थिए। त्यसपछि महानगरीय प्रहरी प्रभाग जनसेवाको प्रहरी टोलीले उनलाई वीर अस्पताल पुर्याएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
स्रोत: नागरिक