|

भोलिदेखि लागु हुने गरी लोडसेडिङ फेरि वढ्यो


काठमाडौ, मंसिर १२ - नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागु हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ ।यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन आठ घण्टा, एक दिन नौ घण्टा  र एक दिन सात घण्टा विद्युत् भार कटौती हुनेछ ।

नदीहरुमा पानीको जलस्तर घट्न गएको कारणबाट माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । भारतबाट आपूर्ति गरिँदै आएको विद्युत्को आपूर्तिमा कमी गरिएबाट पनि विद्युत् भार कटौती गरिएको बताइएको छ । रासस
स्रोत : कांतिपुर 

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भोलिदेखि लागु हुने गरी लोडसेडिङ फेरि वढ्यो"

Leave a reply