|

मृत्यु भएको पाँच दिन बिते पनि शव अस्पतालमै

नुवाकोट २० कात्तिक  जिल्ला विकास समिति नुवाकोटका पुर्व चौकिदार डिलराज घलेका मृत्यु भएको पाँच दिन बिते पनि शव उठेको छैन् । उनको उपचारका क्रममा विहिवार जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएपनि आफन्त नभएका कारण शव नउठेको अस्पताल स्रोतले जनाएको छ ।

गोर्खा घर भएका ५० वर्षका घलेको शव अहिले पनि अस्पतालमै रहेको छ । शवको अन्तिम संस्कारको लागि जिल्ला विकास समितिले चासो देखाएको छैन । २०३९ सालबाट जिल्ला विकास समितिमा कारर्यरत रहेका घले क्षयरोगबाट थलिएपछि २०६८ फागुनमा जागिर छाडेका थिए ।

जागिर जाडेपन घले नुवाकोटनै बस्दै आएका थिए । घलेको मृत्युको विषयमा परिवारालाई जानकारी गराएपनि कोही नआएको जिल्ला विकास समितिले बताएको छ । मृत्यु हुँदाको बखतमा घलेसंग रहेको झण्डै चार लाख रुपैयाँ अहिले जिल्ला अस्पताल त्रिशुलीसंग रहेको छ ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मृत्यु भएको पाँच दिन बिते पनि शव अस्पतालमै"

Leave a reply