आमाले तिन छोराछोरीलाई विष खुवाएर आफूले खाईन
बाँके , कात्तिक ३०-बाँके टिटिहिरिया-५ की गीता चौधरीले तीन छोराछोरीसहित आफूले पनि विष सेवन गरेकी छिन्। लोग्नेसँगको विवादपछि उनले दुई छोरी र एक छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले बताएको छ।
विष सेवनबाट गीताको अवस्था गम्भीर रहेको छ भने आठ वर्षीया छोरी एलिसा, ६ वर्षीया स्नेहा र चार वर्षीय छोरा राहुल चौधरीको अवस्था सामान्य रहेको छ।
उनीहरु सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ। रासस(स्रोत :नागरिक)