|

संगालो सहकारी संस्था द्वारा उत्कृष्ट ऋणी तथा वचत कर्ताहरु पुरस्कृत

लक्ष्मण पोखरेल,बुटवल, १९ कात्तिक । संगालो वचत तथा ऋण सहकारी संस्था मोतिपूर रुपन्देहीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा विभिन्न वचत शिर्षकहरुमा उत्कृष्ट ऋणी तथा वचत कर्ताहरुलाई पुरस्कृत गरेको थियो भने गाबिस भित्र रहेका सरकारी बिद्यालयमा अध्ययन गर्ने जेहेन्दार बिद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको थियो । सो पुरस्कार कृष्ट बैंक मणिग्राम शाखाका प्रवन्धक गणेशबहादुर पछाईले प्रदान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अर्जुप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कृष्ट बैंक मणिग्रामका प्रवन्धक पछाई, समाजसेवी खोमराज ज्ञानबहादुर रेस्मी, हरिहर श्रेष्ठ, भिमप्रसाद न्यौपाने, जगन्नाथ खनाल, श्यामलाल धामी, चन्द्रसिंह थापा, मायाँ पाण्डे, शिव नेपाल, लक्ष्मण पौडेल, गंगा ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेत्रबहादुर कार्कीले लेखा समितीको प्रतिवेदन, ज्ञानेश्वर आचार्यले कर्जा समितीको प्रतिवेदन र जर्अुन प्रसाद आचार्यले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव मणिरत्न भण्डारीले गर्नुभएको थियो ।

Posted by Butwalonline on 9:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संगालो सहकारी संस्था द्वारा उत्कृष्ट ऋणी तथा वचत कर्ताहरु पुरस्कृत "

Leave a reply