सभासद्का श्रीमानको मृत्युको रहस्य खुलेन
कपिलबस्तु ५ मंसिर-पुर्बसभासद् शान्तिदेबी हरिजनका श्रीमान पतिरामप्रसाद हरिजनको मृत्युको रहस्य हाल सम्म खुल्न सकेको छैन । प्रहरीले सो मृत्युलाई स्बभाबित नभएको बताए पनि हत्या वा आत्महत्या सो बारे प्रष्ट पार्न सकेको छैन ।
जिल्लाको सौराहा गाबिस–९ अकबरपुरका हरिजन शनिबार बिहान घरमै मृत अबस्थामा फेला परेका थिए ।
सो घटनाको अनुसंधानका लागि प्रहरी उपरिक्षक राजेन्द्र ढकाल र जिल्ला न्यायधिबक्ता धनेश्बर पौडेल हरिजनको घर गएर घटना स्थल निरिक्षण गरेर फर्किएका थिए । प्रारंभिक बिवरण अनुसारउनको मृत्यु स्बभाबिक नभएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक राजेन्द्र ढकालले बताए । घाटीमा डाम देखिनुले मृत्यु अस्वभाविक देखिएको उनको भनाई छ । पोस्टमार्टमको रिपोर्ट आए पछि धेरै कुरा खुल्ने उनले बताए । त्यस्तै झण्डिएका बेला शब झिक्न गएकालाई ल्याएर पनि सोधपुछ गरिने उनले बताए ।
त्यस्तै गाउलेलेपनि उनको मृत्यु स्बभाबिक नभएको पनि बताएका छन् । गाउमा सभासद्को धेरै डरधाक हुदा गाउलेहरुले बोल्न सकिरहेका छैनन् । कोठमा झुण्डिएर मरे पछि छोरा प्रदिपले प्रहरीलाई खबर नगरि छिमेकी महेन्द्र, मायाराम र रामशरणलाई बोलाई ढोका फुटालेर बाबुको लाश झिकेको बताए । बाबुको लाख उनले बाहिर ल्याएर राखेका थिए । पुर्बसभासद् शान्तिदेबीले भने मानसिक रोगी रहेको र अत्यधिक मदिरा सेबन गरेकाले श्रीमानको मृत्यु भएको बताईन् ।
घटनाको खबर पनि परिबारले प्रहरीलाई नगरेका कारण शंका जन्माएको छ । प्रहरी अर्कै स्रोतबाट थाह पाई घटना स्थल पुगेको उपरिक्षक्र ढकालले बताए । शुरुमा परिबारले पोष्टमाटमका लागि शब घरबाट ल्याउन दिएका थिएन् । पछि मात्र प्रहरीले पोष्टमार्टमका लागि तौलिहबा शब ल्याएका थिए । पोष्मार्टम राती अबेला भएका कारण मध्य राती लाश जलाईएको थियो ।
परिबार र मृतक बाबु बीच एक डेढ बर्ष देखि झैझगडा हुदै आएको गाउलेहरु बताउछन् । झैझगडा बढे पछि उनी अत्यधिक मदिरा सेबन गर्दै आएका एक गाउलेले बताए । शुक्रबार राती खानपिन गरेर सुतेका उनी बिहान बिछउनामै मृत अबस्थामा भेटिएका थिए ।हरिजनलाई एमालेले समानुपातिक तर्फबाट सभासद् बनाएको थियो ।