|

बिभिन्न मुलुकबाट ९५ भिक्षु तथा बौद्धअनुयायी लुम्बिनी भ्रमणका लागि आउने


काठमाण्डौं कात्तिक १६ - लुम्बिनीको भ्रमणका लागि सिङ्गापुर, मलेसिया र इन्डोनेसियाका ९५ जना भिक्षु तथा बौद्धअनुयायी पहिलोपटक नेपाल आउँदैछन् । लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा चारुमती बुद्धिस्ट मिसन नेपाल, चारुमती बुद्धविहार र विश्व युवा भिक्षु सङ्घ नेपाल शाखाको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेका हुन् । भिक्षुहरुको टोली भोली नेपाल आईपुग्ने छ ।

आˆनो दुईदिने भ्रमणमा भिक्षुहरुले प्रधानमन्त्रीसँग भेटघाट गर्नाका साथै लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ दर्शन गर्नेछन् । भिक्षुहरुले तेइस सय वर्ष पुरानो ऐतिहासिक चारुमती स्तूपमा विश्वशान्तिको कामनार्थ बुद्धपूजा पनि गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बौद्ध भिक्षुहरुको आगमनले नेपालको पहिचान बढ्ने र लुम्बिनीको विकासमा योगदान पुग्ने मिसनका संस्थापक अध्यक्ष तथा विश्व युवा भिक्षु सङ्घ नेपाल शाखाका अध्यक्ष एवं चारुमती बुद्धविहारका प्रमुख भिक्षु तपस्वी धम्मको विश्वास छ ।
 स्रोत : ऑनलाइन खबर 

Posted by Butwalonline on 10:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिभिन्न मुलुकबाट ९५ भिक्षु तथा बौद्धअनुयायी लुम्बिनी भ्रमणका लागि आउने "

Leave a reply