गभर्नरको हस्ताक्षर नभएका नयाँ नोट बजारमा ?
सुर्खेत, कात्तिक १ - सुर्खेतमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएका नयाँ नोट भेटिएका छन्। वीरेन्द्रनगर, न्यूरोडमा भाँडा पसल गर्ने पद्मा खड्काले दशैंको लागि सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाबाट सटही गरेर ल्याएका मध्ये १० रुपैयाँ दरका चार नोटमा गर्भनरको हस्ताक्षर छैन|
उनले सटही गरेर ल्याएका ज२५-६२४५१९, ज२५-६२४५०१, ज२५-६२४५२० र अर्को एक नोटमा गर्भनरको हस्ताक्षर छैन।‘दशैँको लागि सहकारीबाट रकम सटही गरेर ल्याएकी थिएँ,' उनले भनिन्, ‘पसलमा आएर हेर्दा त नोटमा गर्भनरको हस्ताक्षर नै छैन।'खड्काले त्यहाँबाट एक हजार रुपैयाँ साटेकी थिइन।
नेपालगन्जस्थित नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका प्रबन्धक जनकबहादुर क्षेत्रीले नयाँ नोट सिधै कम्पनीबाट वितरण गरिने भएकोले केही खराबी हुनसक्ने बताए। उनले सानो परिमाणमा यस्तो भेटिनुलाई 'सामान्य' भने। 'यस्ता नोटहरु बैंकबाट सोधभर्ना गरेर फिर्ता लिइन्छ,' उनले भने, 'यसलाई ठूलो इस्सू बनाइनु हुँदैन।'
स्रोत :नागरिक न्यूज