ढिकी र जाँतो हुदा लोप हुदा सेटरोटी चिउरा खान नपाउने चिन्ता
किरणमान बज्राचार्य,कपिलवस्तु – बढदो आधुनिकतासंगै शहरीया महिलाहरुलाई लोप हुन लागेको ढिकी जातोबाट पिसिएको पिठो र चिउरा नपाउने हो की भनेर चिन्ता बढेको छ । दशैंका बेला ढिकी जातोबाट पिसेको पिठो चिउराको स्बादबाट अर्कै आनन्द आउछ त्यसैले बर्षमा एक पटक भए पनि ढिकी जातोले उपयोग गर्नु पर्दछ महिलाहरु भन्छन्
समय परिवर्तनसंगै बिषेश गरी आदिबासी थारु समुदायले पनि परम्परा देखि प्रयोग गर्दै आएका ढिकी र जाँतो (चकिया) चलाउन छोडेका छन् । थारुसंगै अन्य समुदायले पनि ढिकी जातोलाई उत्तीकै प्रयोग गर्ने गरेका थिए । कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी र जाँतो (चकिया) को प्रयोग छोडे पछि ढिकी र जाँतो (चकिया) लोप हुने अबस्थामा पुगेको हो । गाउ गाउमा धान चिउरा कुटने र पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातो बिस्थापित हुन पुगेको हो । जसका कारण सबै समुदायले ढिकी र जाँतो (चकिया) बिर्सदै जान थालेका छन् ।