|

रञ्जन सागर फुटबलमा आज न्यु सिर्जना बिजयि

बाबुराम गैरे,कार्तिक १५, बुटवल । बुटवलमा जारि रञ्जन सागर स्मृति कप नकआउट फुटबल प्रगियोगिताको आज बुधबार सम्पन्न खेलमा न्यु श्रीजना युबा क्लब करौजिया बिजयि भएको छ । झरना युबा क्लब कुञ्जलापुरलाई ३ का बिरुद्ध ४ गोल गर्दै न्यु श्रीजना बिजयि भएको हो । खेल शुरुभएको चौाथो मिनेटमा झरनाका लागि बिबेक पाण्डेले पहिलो गोल गरेपनि त्यसलाई बचाउन नसक्दा झरना प्रतियोगिताबाट बाहिरिएको छ ।

न्यु श्रीजनाका लागि अजय थापाले खेलको २८ औ र ६५ औ मिनेटमा गोल गरे भने त्यअघि ३५ औ मिनेटमा सोभित थापाले र ३०औ मिनेटमा कमल गुरुङले एक एक गोल गरेका थिए । उता झरनाका लागि ओम प्रकाश थापाले ४४औ मिनेट र बिबेक पाण्डेले ब्यात्तिगत दाश्रो गोल खेलको ६९ औ मिनेटमा गरेका थिए ।
आजको खेलमा झरना युबा क्लबका विबेक पाण्डे म्यान अफ द म्याच घोषित भएका छन ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल जनज्योति युबा क्लब डिंगरनगर र गोर्खा ब्वाईजका बिच हुने आयोजकले जनाएका छन ।

Posted by Butwalonline on 6:04 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रञ्जन सागर फुटबलमा आज न्यु सिर्जना बिजयि "

Leave a reply