माइक्रो बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
पोखरा, कात्तिक ८- पोखराको न्यूरोडमा मिनी माइक्रो बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा माइक्रोबसमा सवार लेखनाथ नगरपालिका-१ का १८ वर्षीय सुदर्शन सुवेदी रहेको प्रहरी निरीक्षक मदन कुवँरले जानकारी दिए। प्रहरी निरीक्षक कुँवरका अनुसार सुवेदीको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा राखिएको छ।
दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। उनीहरु सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ।
चिप्लेढुंगाबाट सभागृहचोकतर्फ गइहेको ग१ख ३९६५ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आइरहेको बा३५प ४६२३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। माइक्रो बस र चालक कमल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन्।
स्रोत :नागरिक न्यूज