|

जीप दुर्घटनामा २ को मृत्यु २८ घाईते


मुक्तिप्रसाद न्यौपाने-कार्तिक १, पाल्पा -पाल्पाको दर्लमडाडाबाट तानसेन आउदै गरेको लु १ ज २१६९ नम्बरको जीप दर्लमडाडा गाविस ७ गेजामा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दर्लमडाडा ८ का धनबहादुर गाहा र दर्लमडाडा ३ की गंगा खाम्चा रहेकाछन् । धनबहादुरको घटना स्थलमानै र गंगाको उपचारकालागि युनाईटेड मिशन अस्पतालमा लादै गर्दा मृत्यु भएको हो । घटनामा परि २८ जना घाईते भएकाछन् । उनीहरु सबैको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

क्षमताभन्दा बढी यात्रु र चालकको लापर्वाहीका कारण दुर्घटना भएको घाईतेहरु बताउछन् । १६ सीट क्षमताको उक्त गाडीले छतमा समेत यात्रु बोकेको थियो । घाईते यदुनाथ गैरे भन्छन्, ‘हिजो साझ पल्लो गाउको रमाईलोमा गएका थिए, रातभरी मादक पदार्थ सेवन पनि गरेछन् त्यसमा पनि अनिन्द्रा अनि गाडी नियन्त्रण गर्नै सकेनन्’ ।

दुर्घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीप सडकबाट ५० मिटर तल खसेको छ ।
लु १ ज २१६९ को जीप दुर्घटनामा घाईते बराङ्दी ३ अर्चले पाल्पाका समर सोमै, दुर्घटनामा परि २ जनाको ज्यान गएको थियो ।
तस्वीर: मुक्तिप्रसाद न्यौपाने



Posted by Butwalonline on 1:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " जीप दुर्घटनामा २ को मृत्यु २८ घाईते"

Leave a reply