|

अर्घाखाँची डिर्भनाका एक युवक कतारमा अलपत्र


पशुपति श्रेष्ठ ,दोहा कतार-रोजगारीको सिलसिलामा बिस महिना पहिले कतार आएका अर्घाखाँची डिर्भना एक अमिलेका चेतन कुवँर कतारमा अलपत्र परेका छन्। गाउँकै अकंलको छोरा पर्नेले बिस महिना पहिले पचासि हजार रुपैया लिएर मासिक आठ सय रीयल र खाना खर्च कम्पनिले दिन्छ भनि कतारको युनटेक कन्ट्रक्स नामक सप्लाई कम्पनिमा आएका कुवँर आएको नौ महिनामा छ सय रियल कम्पनिले दिएको त्यसपछि एक रुपैया नदिएको बताए। तन्ख्वा माग्दा भोलि पर्सि दिन्छु भन्दै केहि महिना टार्दै गयो त्यसपछि कम्पनि बन्द गरेको र अहिले कम्पनि मालिक सम्पर्क विहिन भएपछि उनि अलपत्र परेका हुन।

केहि महिना यताबाट एक जना साथिको कोठामा बस्दै आएका कुवँरले दुख पोखे घरको एक्लो छोरो घरको आर्थिक अभावका कारण केहि कमाउला भन्दै विदेशिए तर यहाँ आएर बिहान र साझँको छाक कसरी टार्ने भन्दै जो हो गर्दै बसेको छु। कम्पनिका अन्य साथिहरु आफ्ना आफ्न्तहरुको सहयोगले टिकट काटेर घरगए। मलाई भने कम्पनिको मालिकले तलाई रिलिज दिन्छु। भनेपछि म बसेको थिए तर अहिलेकम्पनिले न त रिलिज दियो न त घर पठायो।

मलाई अरु पैसा चाहिदैन टिकट काटि घर पठाईदिन आग्रह गर्दा पनि नपठाएको दुखेसो पोखेः कम्पनि मालिक पाकिस्तानिले पासर्पोट हातमा थमाउदै यो पासर्पोट लिएर दुतावासमा जा तलाई पठाउछ भन्यो। प्रदेशको ठाउँ मलाई केहि थाहा छैन। कतिपटक नेपाली दुतावास धाए तर केहि लागेन बरु उल्टै महामाहिमले थक्राईन यतिका दिन सम्म के गरेर बसेको भन्दै? दुतावासले एक पत्र लेखि लेवरर्कोट जा भनेका थिए। तर लेवरर्कोटमा पाँच सय रियल लिएर आउन भन्यो। बिहान बेलुकिको खाना खान पैसा छैन म कहाँबाट पाँच सय रियल लिएर र्कोटमा जाउँ ? उनले भने आज आएको बिस महिना भयो। तर हातमा पासर्पोट छ पासर्पोट मात्र भएर के गरु घर जानको लागि टिकट किन्न हातमा पैसा छैन।

Posted by Anonymous on 8:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्घाखाँची डिर्भनाका एक युवक कतारमा अलपत्र"

Leave a reply