|

माओवादीलाई सहमतिमा आउन बाध्य गर्न जनता सचेत हुनुपर्छ - पौडेल


राधेश्याम बिश्वकर्मा,भैरहवा, असोज ३०-नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेलले एकिकृत ने.क.पा. माओवादीको सरकार सजिलै राष्ट्रिय सहमतिमा आउने र सजिलै सहमति बन्नेमा आफू बिस्वस्त हुन नसकेको बताएका छन ।

नेपाली काग्रेस सिद्धार्थनगर वडा समिति वडा नं.९ ले आयोजना गरेको बिजया दशमी, बकरीद, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा नेता पौडेलले माओवादीलाई सहमतिमा आउन बाध्य गर्न जनता सचेत हुनु पर्ने कुरामा जोड दिदै जनताको हक हितको रक्षा तथा लोकतन्त्रको लागी पार्टीले आन्दोलनको तयारी गरेको हुदा कार्यकर्तालाई तयार रहन समेत निर्देशन दिएका छन ।

अलोकतान्त्रिक शक्तिहरुको खेल अझै पनि नसकिएको र नेपाललाई अस्थिरतामा राख्ने खेल अझै पनि भै रहेको हुदा सारा नेपालीलाई उक्त आन्दोलनलाई साथ दिन आग्रह समेत गरेका छन । वडा नं.९क का बुथ सभापति स्थानेश्वर अधिकारीको अध्यक्षता, नेपाली काग्रेसका केन्द्रिय उप सभापति राम चन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा बुथ सचिव चर्तुभुज रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक,स्या∙जा जिल्ला क्षेत्र नं. ३ का पूर्व सभासद मोहन पाण्डे,रुपन्देही क्षेत्र नं. १ का क्षेत्रिय सभापति बिश्वनाथ सिंह यादव, क्षेत्र नं. २ का क्षेत्रिय सभापति मात्रिका प्रसाद यादव, जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, नगर सभापति सुरेन्द्र ज∙ थापा लगायतको उपस्थिति रहेको थियो ।

Posted by Butwalonline on 7:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीलाई सहमतिमा आउन बाध्य गर्न जनता सचेत हुनुपर्छ - पौडेल"

Leave a reply