|

सांस्कृतिक कार्यक्रम देखाउने क्रममा विवाद हुँदा एक युवकको ज्यान गयो

बनेपा, कात्तिक ९- दशैंको सांस्कृतिक कार्यक्रम देखाउने क्रममा विवाद हुँदा काभ्रे, चलालगणेशस्थान-५ मा एक युवकको ज्यान गएको छ।विजयादशमीको दिन बुधबार गाउँकै विद्यालयमा कार्यक्रम भइरहँदा च्यासिङखर्क-९ का २३ वर्षिय मञ्जित तामाङलाई एक समूहले छुरी प्रहार गरेको बनेपा प्रहरी प्रमुख खेम आचार्यले जानकारी दिए।

छुरी प्रहारबाट घाइते तामाङलाई उपचारका लागि बनेपा तर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको आचार्यले बताए। तामाङको शव बनेपाको शीर मेमोरियल अस्पतालमा राखिएको छ।

प्रहरीले छुरी प्रहार गर्ने चार जनाको पहिचान भइसकेको र ती मध्ये चलालगणेशस्थान-३ का ५५ वर्षीय रणबहादुर तामाङलाई पक्राउ गरेको छ।

'बाँकी तीन जना भाग्न सक्ने सम्भावित ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरेका छौं। उनीहरुलाई छिट्टै पक्राउ गर्नेछौं', आचार्यले दाबी गरे।
Source:नागरिक न्यूज

Posted by Butwalonline on 7:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सांस्कृतिक कार्यक्रम देखाउने क्रममा विवाद हुँदा एक युवकको ज्यान गयो "

Leave a reply