बलर शक्ति गौचनको जादुयी प्रदर्शनले नेपाली टिमको सानदार बिजयी
मलेसिया, भाद्र २२- आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ मा बिहीबार नेपाली टिमले मलेसियामाथि १० विकेटको जित हात मात्र पारेन, बलर शक्ति गौचनले जादुयी प्रदर्शन गरे । बायाँहाते अर्थोडक्स स्पिनरले 'किफायती बलिङ' गर्दै क्रिकेट इतिहासमा बिरलै मिल्ने 'दुर्लभ सफलता' आत्मसात् गरे । मलेसियाविरुद्ध १० ओभरको एक इनिङमा ब्याट्सम्यानलाई निरीह पार्दै ८ मेडनसहित २ रन मात्र खर्चे । उनलाई ३ विकेट पनि हात पर्यो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङमा १० ओभर बलिङ गरेर कम रनको प्रदर्शन वेस्ट-इन्डिजका बलर फिल सिमोन्सले सन् १९९२ मा गरेका थिए । सिमोन्सले पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन खर्चेर ४ विकेट लिएका थिए । दुवैको सफलता ऐतिहासिक रहे पनि शक्तिको प्रदर्शन एसोसिएट्स -टेस्ट मान्यता नपाएका) टिमसँगको उत्कृष्ट हो भने सिमोन्सले अन्तर्राष्ट्रिय वान-डे क्रिकेटमा सफलता चुमेका थिए ।
शक्तिको प्रदर्शन आफैंमा यादगार पनि बन्यो । नेपालका पूर्वप्रशिक्षक रोय लुक डायसले सम्हालिरहेको मलेसियाविरुद्ध उनले आफ्नो करिअरको उत्कृष्ट प्रदर्शन गरे । करिब एक दशक नेपालको राष्ट्रिय टिम सम्हालेका डायसको प्रशिक्षणमा नै नेपाल डिभिजन-५ विजेता हुँदै चारमा उक्लन सफल भएको थियो । शक्ति डायसकै उत्पादन हुन् । दुई वर्षअघि इटालीमा नेपाललाई डिभिजन-३ मा उकाल्न नसकेपछि डायसको नेपाल बसाइ छोटो भएको हो । करिब २० महिनाअघि नेपाली क्रिकेटबाट बिदा भएका डायस ओमान हुँदै मलेसियाको टिम सम्हाल्न पुगेका हुन् । शक्तिले सेलाङ्गर टर्फ क्लब मैदानमा पाएको सफलताको श्रेय टिमलाई सुम्पिए । 'टिमले गर्दा यो सफलता मिल्यो, श्रेय पनि टिमलाई नै दिन चाहन्छु,' २९ वषर्ीय भैरहवाका खेलाडीले भने । ट्वान्टी-ट्वान्टी क्रिकेटमा शक्ति आफूलाई बलरै मान्छन् । गत वर्ष उनले डेनमार्कविरुद्ध ह्याटि्रक नै गरे । 'तर वान-डेमा अलराउन्डरै हँु,' उनले भने । टिमलाई आवश्यक पर्दा शक्ति क्रिजमा लामो समय टिक्न सक्छन् । 'राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय कीर्तिमान राख्ने बलिङ गर्नु ठूलो उपलब्धि हो,' नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले भने, 'उनी क्षमतावान् खेलाडी हुन् ।'
कप्तान पारस खड्काले शक्तिको खुलेर प्रशंसा गरे । शक्तिले 'म्यान अफ द म्याच' को अवार्ड पाउने बित्तिकै पारस अघि बढे र शक्तिलाई भने, 'वेल डन शक्ति । किप इट अप ।' पारसले शक्ति अनुभवी र टिमका महत्पूर्ण सदस्य भएको बताए ।
शक्तिले आफ्नो पहिलो र आठौं ओभरको तेस्रो बलमा एक/एक रन दिएका हुन् । पूर्वश्रीलंकाली विकेटकिपर दासानायकेकै प्रशिक्षणमा शक्तिले दुई वर्षमा दुईपल्ट स्तरीय प्रदर्शन गरे ।
शक्तिले गत वर्ष यूएईमा भएको आईसीसी ट्वान्टी-ट्वान्टी क्रिकेट छनोटमा डेनमार्कविरुद्ध ह्याटि्रक गर्दै उत्कृष्ट पुनरागमन गरे । लामो समय टिममा पर्दै आएका उनी दुई वर्षअघि चीनमा भएको १६ औं गोन्जाउ एसियाडमा टिममा परेनन् । यसै वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा पनि उनलाई टिमबाट निकालिएको थियो ।
उनी यूएईबाट फर्केलगत्तै भारतको चर्चित इन्डियन पि्रमियर लिग राजस्थान रोयल्समा पुगेर एक साताको प्रशिक्षण पनि लिए । शक्तिको अन्तर्राष्ट्रिय यात्रा भने सन् २००१ मा बंगलादेशमा भएको यू-१७ क्रिकेटबाट सुरु भएको हो । अघिल्ला दुई प्रतियोगितालाई छाडेर उनी सन् २००२ बाट सिनियर टिमका नियमित सदस्य हुन् ।
(कांतिपुर दैनिकमा प्रकाशित)