सिर्सेकोट कोखे महोत्सव–०६९ कार्तिक ९ देखि १५ गतेसम्म आयोजना हुने
प्रेमनारायण न्यौपाने,वालिङ,२३ भदौ । स्याङ्जाको सिर्सेकोट गाविस ५ कोखेस्थित नवज्योति युवा क्लबले आगामी कार्तिक ९ देखि १५ गतेसम्म प्रथम सिर्सेकोट महोत्सवको आयोजना गर्ने भएको छ । ‘ग्रामिण पर्यटनको विकास राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कोखे महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी,भलिवललगायत विभिन्न खेलकूद प्रतियोगिता, स्थानीय लोपोन्मुख सोरठी, घाटू,लगायतका विभिन्न साास्कृतिक झाकीहरुको प्रस्तुति रहने शनिबार वालिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक मूल समितिका संयोजक गुप्तबहादुर गुरुङका अनुसार स्थानीय कला र संस्कृतिको जगर्ना, राष्ट्रको खेलकूद विकासमा टेवा पुर्याउनु, स्थानिय कला संस्कृति र खेलकूद मार्फत आन्तरिक पर्यटन प्रवर्धन गर्ने, समाजमा विद्यमान रुपमा देखिएको युवा विकृति र विसंगतिलाई खेलकूदको माध्यमबाट अनुशासित समाजको निर्माण गर्ने महोत्सवको मूख्य लक्ष्य रहेको छ ।
महोत्सवको मूल आकर्षण भनेको जिल्लास्तरीय भलिवल प्रतियोगिता रहेको प्रचारप्रसार संयोजक जंगबहादुर गुरुङ्ले बताए । उनका अनुसार महोत्सवको अवसरमा आयोजना गरिने भलिबल प्रतियोगितामा प्रथम हुनेले ५२ हजार नगद,द्वित्तीय हुनेले ३२ हजार, तृत्तीय हुनेले १६ हजार र सान्तवना रु ६ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
त्यस्तैगरी महोत्सवमा सट्पुट्, डोरी तान, सामुहिक नृत्य प्रतियोगिता, र भेन्ट्रास भलिबल प्रतियोगिता पनि आकर्षणका केन्द्र रहेका छन् । त्यसमासटपुटमा प्रथम र द्वित्तीय हुनेले नगद रु १ हजार ५ सय, र द्वित्तीय हुनेले १ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तैगरी डोरी तानमा प्रथम हुनेले २ ओटा भाले र द्वित्तीय हुनेले १ भाले र प्रमाणपत्र पाउनेछन् । सामुहिक नृत्यमा प्रथम,द्वित्तीय र तृत्तिय हुनेले नगद २ हजार १५ सय र १ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी भेन्ट्रास भलिबलमा प्रथम हुनेले खसी र द्वित्तीय हुनेले भाले प्राप्त गर्नेछ ।
महोत्सवको अवधिमा कूल ३ लाख ९६ हजार १ सय रुपैयाा खर्च हुने अनुमान आयोजकहरुले गरेका छन् । महोत्सवलाई सफल पार्नका लागि गुप्तबहादुर गुरुङको संयोजकत्वमा ३०१ सदस्सीय मूल आयोजक समिति समेत निर्माण भैसकेको छ । त्यस्तैगरी सह–संयोजकमा धोजकुमार गुरुङ रहेका छन् छन् । त्यस्तै अर्थ संकलनमा संयोजक भविराज गुरुङ, शान्ति सुरक्षामा हुमबहादुर गुरुङ, पुरस्कार तथा प्रमाणपत्रमा सुकबहादुर गुरुङ, अतिथि सत्कारमा गौमती गुरुङ, साास्कृतिक झाकीमा चन्द्रसिं गुरुङ, प्रचारप्रसारमा जंगबहादुर गुरुङ, सचिवालय व्यवस्थापनमा हुमराज गुरुङ, निर्णायक तथा प्राविधिकमा चित्रजंग गुरुङ, खेलमैदान र स्वयं सेवक परिचालनमा समिर गुरुङ, भोजन तथा आवासमा रबिन्स गुरुङ र यातायात व्यवस्थापनमा निरबहादुर गुरुङलाई संयोजक तोकिएको आयोजकहरुले बताएका छन् । क्लबले सधैजसो वार्षिकोत्सवको अवसरमा यी कार्यक्रमहरु गर्दै आएकोमा यो वर्ष महोत्सव गर्न लागेको मूल आयोजक समितिका सहसंयोजक धोजबहादुर
गुरुङले जानकारी दिए । ग्रामिण भेगका युवाहरुको पहलमा आयोजना गरिएको महोत्वमा सहयोग पुर्याउन सबै पक्षसंग आयोजकहरुले आग्रह गरेका छन्।