|

आँखा अस्पताललाई रु दुई करोड आर्थिक सहयोग


चितवन, असोज ५ - नेपाल नेत्रज्योति सङ्घ चितवनका संस्थापक महेन्द्रलाल प्रधानले सङ्घले भरतपुरमा सञ्चालन गर्दै आएको आँखा अस्पताललाई रु दुई करोड ११ हजार १११ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सुविधासम्पन्न आँखा अस्पताल र आँखासम्बन्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षण अस्पताल बनाउने योजना सार्वजनिक भएपछि प्रधानले सो रकम दिने घोषणा गरेका नेत्रज्योति सङ्घ चितवनका सभापति चिजकुमार मास्केले बताए । नारायणगढका पुराना व्यवसायी प्रधानले विज्ञ चिकित्सकको अभाव भइरहेका बेला सहयोग पुर्यानउने उद्देश्यले सो रकम दिने घोषणा गरेको स्पष्ट पारे ।

नेत्रज्योति सङ्घले दुई हप्ताअघि पञ्चवर्षीय योजना सार्वजनिक गर्दै नेत्रविज्ञान अध्ययन संस्थानका रुपमा विकास गर्ने जनाएको थियो। पञ्चवर्षीय योजनाअन्तर्गत शैक्षिक कार्यक्रम र अस्पतालको स्तरोन्नतिका लागि रु छ करोड खर्च गर्ने योजना भइरहँदा प्रधानको सो सहयोग कोसेढुङ्गा साबित हुने सङ्घका सभापति मास्केले जनाए ।

सङ्घका सल्लाहाकारसमेत रहनुभएका प्रधानले सङ्घले स्थापना गर्ने शिक्षण अस्पतालको नाम आफ्ना मातापिता हिरालाल/सन्तुमायाका नाममा राख्न प्रस्ताव गरेका छन् । सङ्घले सो प्रस्ताव स्वीकार गरिसकेको सभापति मास्केले बताए । भरतपुर अस्पतालले उपलब्ध गराएको चार बिघा जमिनमा सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल छ।

सङ्घको पञ्चवर्षीय योजनामा आँखासम्बन्धी सबैखाले विशेषज्ञ सेवा उपलब्ध गराइनाका साथै शिक्षण अस्पताल सुरु गर्ने लक्ष्य छ। योजना सम्पन्न गर्न भारतीय राजदूतावास र अन्य दाताले पनि सहयोग गर्ने वचन दिइसकेको सङ्घका सदस्य श्यामप्रसाद लामिछानेले बताउ । रासस(समाचार नागरिक न्यूज बाट)

Posted by Butwalonline on 9:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आँखा अस्पताललाई रु दुई करोड आर्थिक सहयोग "

Leave a reply