नवलपरासीको लोकाहा खोलाको पुल भांचिदा आज विहानैदेखि सडक अवरुद्ध
नवलपरासी,असोज १ -पूर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको लोकाहा खोलाको पुल भांचिएको छ । पुल भांचिदा आज विहानैदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तत्कालका लागि अहिले गाउंको भित्र बाटो भएर यातायात सञ्चालनमा ल्याइएको छ । इलाका प्रंहरी कार्यालय नवलपुरका अनुसार प्रगतिनगर ३ बाट पिठौली हुंदै स्याउली बजारको बाटो यातायात सञ्चालनमा ल्याइएको छ । भित्री बाटोमा यातायात सञ्चालनमा निकै कठिनाई भोग्नु परेको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको सडक खण्डमा रहेका अधिकांश पुलहरु जीर्ण छन् । पुल जीर्ण भए पनि समयमा मर्मतमा ध्यान नदिंदा पुल भांचिएको हो । पुल सडकबाट करिब डेढ मिटर तल भासिएको छ । पूल जीर्ण भएपछि यस अघि उक्त पूलमा एकतर्फी मात्र सडक सञ्चालन गरिएको थियो । सडक अवरुद्ध भएपछि तीजमा माइत जान हिडेका चेलीबेटीहरु र चेलीबेटी लिन हिडेका माइतीहरु समेत बाटैमा अलपत्र परेका थिए । यस अघि पनि नवलपरासीको गैडाकोट जय श्री खोलामा रहेको पुल ट्रक ठोकिएर भांचिन पुगेको थियो । त्यसैगरी केही बर्ष अगाडि पूर्वपश्चिम लोकमार्गको मध्यविन्दु अर्थात चोरमारा र डण्डा बीच जंगलमा बाढीले सडक भत्काउंदा बाढीको समयमा डाइभर्सन गरेर बाटो सञ्चालन गर्न निक्कै कठिनाइ भएको थियो ।