|

नेपाल दोस्रो साफ महिला च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश


काठमाडौं भदौ २९ - नेपाल दोस्रो साफ महिला च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।अब उपाधिका लागि नेपालले भारतसँग खेल्नेछ । पहिलो संस्करणको फाइनलमा भारतसँग नेपाल १-० ले पराजित भएको थियो ।

कोलम्बोस्थित सीआर एण्ड एफसी रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको छ । पहिलो हापमा नेपालले केही राम्रा मौका गुमाएको थियो । खेलको ३९ औं मिनेटमा पाएको पेनाल्टीमा समेत कप्तान जमुना गुरुङ गोल गर्न चुकिन् । पहिलो हाप गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हापमा लयमा फर्कियो ।

दोस्रो हाप सुरु भएको ३ मिनेटमा नै अनु लामाले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाइन् । एकपछि अर्को गर्दै विपक्षीको पोष्टमा आक्रमण गरेपनि नेपालले गोल थप्न सकेन । खेलको ७६ औं मिनेटमा दीपा अधिकारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको अतिरित्त समयमा नेपालले पेनाल्टी पयो र लक्ष्मी पौडेलले गोल गर्दै नेपाललाई ३-० को जित दिलाइन् ।

यसैगरी शुक्रबार नै भएको अर्को खेलमा अफगानिस्तानलाई ११-० ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन भारत फाइनलमा प्रवेश गरेको छ ।समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल दोस्रो साफ महिला च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश "

Leave a reply