आगलागीबाट ६ वटा घर जलेर खरानी १ करोड बराबरको धनमाल क्षति
सिद्धराज राई, धनकुटा, भदौ २२- लेगुवा गाविसका रामबजारमा शुक्रबार राती भएको आगलागीबाट ६ वटा घर जलेको छ । मध्येरातमा भएको आगलागीबाट १ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ|आगो निभाउने क्रममा ब्यापारी रमेश शाह घाइते भएका छन्। ग्यास सिलिन्डर पडि्किदा उनलाई चोट लागेको प्रहरी निरीक्षक कैलास राईले बताए।
आगलागीबाट देबेन्द्र शाह, चेतबहादुर पुरी, हेमकुमार अधिकारी, गन्जबहादुर राई, महाप्रसाद राई र काजी राईको घर जलेको छ। एक्कासी आगो लागेकाले उनीहरुले घरमा राखेको कुनै पनि सामग्री झिक्न नपाएको प्रहरीले बताएको छ। ब्यापारी देवेन्द्र शाहको घरमा विद्युतको लाइन सर्ट भएपछि सो आगलागी भएको थियो।
आगलागीको खबर पाउने वित्तिकै धनकुटाबाट गएको प्रहरी टोली र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रण गरिएको बताइएको छ। आगलागीबाट पिडित परिवार छिमेकीहरुको घरमा शरण लिइरहेका छन्।पीडित परिवारलाई नेपाल रेड्क्रस सोसाइटीले लत्ताकपडा, भाडाबर्तन, कम्बल र खाद्यान्न सहयोग गरेको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय धनकुटाले दैवी प्रकोप राहत कोषबाट प्रत्येक घरलाई ५/५ हजारको दरले राहत वितरण गरेको छ।(नागरिक न्यूजमा प्रकाशित)