दुबईमा एक नेपालीको हृदयघतका कारण मृत्यु
निमकान्त पाण्डे युएई -दुबईको एक प्रतिष्ठित कम्पनी ग्रुप4 सेकुरुटी कम्पनीमा कार्यरत नेपालीको सुतिरहेको अबस्थामा हृदयघतका कारण मृत्यु भएको छ । नेपालको उदयपुर गाईघाट घर भएका सोम बहादुर दनुवार बिगत चार महिना देखि युएईको सेकुरुटी कम्पनीमा ६.५० दिराम मासिक तलबमा क्लिनरका रुपमा कार्यरत थिए । घरमा रहदा काठको मिस्त्री काम गरेर जिबिका चलाउदै आएका दूनुवार चार छोरा छोरी का बुवा साथै घरमा बुवा आमा श्रीमति सहित ठुलो परिवार र निम्मस्थरको परिवार रहेको साथीहरुलाई बताएका थिए । थोरै तलबले गुजारा गर्न समेत गाह्रो आर्थिक भारले केहि दिन अघिदेखि उनि निकै चिन्तित रहेको बुझिएको छ।
हिजो बेलुका २३ अगस्टका साझ ७ बजेतिर अकस्मात हृदयघत भई छरपटाएका दुनुवार्को अनन्त मृत्यु भएको छ । मृत्यक दुनुवार्को शव अहिले हस्पितामा रहेको छ । उक्त घटना बारेमा नेपाली जनप्रगतिशील मंच युएईका महासचिब हेमन्त पौडेलले जानकारी गराउनु भएको छ । पौडेलका अनुसार शवलाई नेपाल पठाउनको लागी डेथ सटिपिकट साथै अन्य डकुमेन्ट छिटो तयारि गराउन जनप्रगतिशील मंच युएईका अध्यक्ष श्याम संकल्पले पहल थाल्नु भएको छ । कम्पनिबाट पाउनु पर्ने रकम र अन्य युएईमा कार्यरत नेपाली साथीभाईहरु सग तिब्र रुपले आर्थिक सहयोग जुटाउन लागी परेको नेपाली जनप्रगतिशील मंच युएईले धरै भन्दा धरै आर्थिक सहयोग जति सक्दो चाडो मृतकका परिवारलाई हस्तान्तरन गरि सहयोग गर्ने छ भन्नेमा पूर्ण आसा युएईमा रहेका नेपालीहरुलाई लागेको छ । -