यात्रु बाहक जिप दुर्घटना हुँदा एकै गाविसका ६ जनाको मृत्यु
पर्वत, असोज १० - पर्वतको सालिग्राम गाविसमा गएराती यात्रु बाहक जिप दुर्घटना हुँदा एकै गाविसका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उरामपोखरा-४की ६८ बर्षीय बसुन्धरा भट्टराई, सोही स्थानका ६४ बर्षका मन बहादुर बस्याल, वडा नं ५का ५६ वर्षिय चन्द्र माविका प्रधानाध्यापक डिल्लीराम भुसाल छन् ।
यसैगरी वडा नं ३ चिउरीखाल्टाका ६४ वर्षिय थम बहादुर थापा, थापाकी छोरी १८ वर्षकी छोरी जीत कुमारी थापा, सोही वडाका ७६ वर्षिय भक्तराम रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्।
स्याङ्जाको वालिङबाट पर्वत उरामपोखरा जाँदै गरेकोग १ ज ४६७९ नब्बरको जिप गएराती करिब साढ नौ बजे सालिग्राम गाविस-२ दर्राखोला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ,पर्वतका प्रहरी निक्षीक श्याम अर्यालले बताए। जिपका चालक राजु परियार फरार रहेका छन्। घायते तीन जना हुवासमा सामान्य उपचारपछि घर फर्किएको प्रहरी नरीक्षक अर्यालले बताए।
उकालोमा लोड तान्न नसकेर जिप ब्याक हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। सो जिपले चामल, सिमेन्ट लगायतका सामाग्री समेत लिएर गएकोले ओभरलोडको कारण कच्ची सडकबाट करिव पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। समाचार नागरिक न्यूज बाट