यात्रुबहाक बस पल्टिँदा डेढ दर्जन यात्रु घाइते,४ जनाको अवस्था गम्भिर
धादिङ, भदौ २७ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस-९ खटौतीखोलामा यात्रुबहाक बस पल्टिँदा डेढ दर्जन बढी यात्रु घाइते भएका छन्। आज बिहान साढे आठ बजेतिर विर्तामोडबाट काठमाडौं तर्फ जाँदै गरेको ना ३ ख ७८८१ नम्बरको बस पुल नजिकैबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ|
तिब्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको दुर्घटना उद्धारमा संलग्न प्रहरीको भनाई छ। घाइते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ। हाल गजुरी अस्पतालमा १८ जना घाइतेको उपचार भईरहेको छ । गम्भिर घाइतेलाई प्राथमिक उपचार पस्चात काठमाण्डौ लैजाने तयारी भएको छ। ४० भन्दा बढी यात्रु बोकेको बसमा सबै जसो यात्रु घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। समाचार नागरिक न्यूज बाट