|

न्यायाधिश, प्रजिअ, डिएसपीद्धारा रक्तदान

मुक्तिप्रसाद न्यौपाने, पाल्पा -निजामती सेवा दिवसको अवसरमा पाल्पामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन पाल्पा जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश हरिशचन्द्र ढुङ्गानाले रक्तदान गरेर गर्नुभएको थियो । सोही अवसरमा पाल्पाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, प्रहरी नायव उपरिक्षक मीरा चौधरी, डा. संज्ञा पौडेल, डा. सगुन शर्मा, डा. नलिननाथ तिवारी लगायतले रक्तदान गर्नुभएको थियो ।   
   
कर्मचारी मिलन केन्द्र पाल्पाले संयोजन गरेको रक्तदान कार्यक्रममा पाल्पामा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ जना कर्मचारी र ४ जना सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रममा रगत संकलन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय र लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य कर्मी खटाएको थियो । संकलित रगत लुम्बिनि मेडिकल कलेज प्रभासमा राखिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले बताउनुभयो । उहााले जनतालाई सेवा गर्न लागि परेका कर्मचारीहरुले रक्तदान गरेर सिर्जनात्मक कार्यमा ठूलो योगदान गरेको बताउनुभयो ।
   
पाल्पामा रक्तदाताहरुको संख्या बढ्दै गएता पनि ब्लड बैङ्कको स्थापना हुन नसक्दा ठूलो समस्या भोग्नु परेको छ । पाल्पामा स्वास्थ्य सेवाका लागि युनाईटेड मिशन, लुम्बिनि मेडिकल कलेज र जिल्ला स्वास्थ्य कार्यालय क्रियाशिल रहेकाछन् ।  ‘जनमुखी प्रशासन, अनुशासन र सुशासन भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइएको हो ।

Posted by Butwalonline on 3:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यायाधिश, प्रजिअ, डिएसपीद्धारा रक्तदान "

Leave a reply