बेलायती राजकुमार ह्यारीको नांगो फोटो संसारभर हल्लीखल्ली
एजेन्सी, भाद्र ८ । बेलायती राजकुमार ह्यारीको एक होटलमा केटीसँग नांगै बसिरहेको फोटो बाहिर आएपछि त्यस घटनाले संसारभर हल्लीखल्ली मच्चाएको छ । बेलायती राजकुमारको उक्त नांगो फोटो गएको मंगलबार सबैभन्दा पहिला टीएमजेड नामक वेबसाईटमा पोस्ट भएको थियो । त्यसपछि संसारभरका मिडियाले उक्त फोटो र समाचारलाई प्रमुखताका साथ छापेका छन् ।
टीएमजेडमा बेलायती राजकुमारको नांगो तस्वीर बाहिर आए लगत्तै विश्वभरमा उक्त समाचार फैलिएको थियो । २७ वर्षीय बेलायती राजकुमारको उक्त तस्वीर लस वेगासको एक होटलमा स्ट्रिप बिलियर्ड खेलका दौरान कैद भएको जनाइएको छ । जसलाई कोही अपरिचितले आफ्नो मोबाईल क्यामरामा कैद गरेको उल्लेख गरिएको छ ।
बेलायतको शाही परिवारले पनि उक्त नांगो व्यक्ति राजकुमार ह्यारी नै भएको पुष्टि गरेको छ र उक्त तस्वीरलाई प्रतिवन्ध गर्न प्रयास गरिरहेको जनाइएको छ । यसअघि सन् २००५ मा पनि राजकुमार ह्यारीले अमार्यादित कार्य गरेर बेलायती शााही खानदानमा दाग लगाउने काम गरेको पनि स्रोतले उल्लेख गरेको छ
।(समाचार इ मेज च्यानल बाट)
Posted by Butwalonline
on 5:17 AM. Filed under
News,
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response