|

पोखरामा पिस कर्पस् तेक्वान्दो तालिम सुरु


पोखरा, २९ साउन।कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजना, नेपाल तेक्वान्दो सङ्घको संयोजन तथा विश्व पिस कर्पस्को सहयोगमा सोमबारदेखि पोखरामा पिस कर्पस तेक्वान्दो तालिम–२०१२ सुरु भएको छ। तालिमको सुरुवात गर्दै कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले तालिमले विश्व तेक्वान्दो महासङ्घले परिवर्तन गरेका नियम र प्रविधिको बारेमा ज्ञान गराउने विश्वास व्यक्त गरे।

यसअघि पनि पिस कर्पस् फाउण्डेशनबाट सहयोग प्राप्त भएको र आगामी दिनमा पनि यस्तै सहयोग पाइरहने अशा गरेको बताउादै अध्यक्ष गुरुङले ग्रास लेभलदेखि नै तेक्वान्दो खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले सङ्घले बेलाबेलामा यस्ता तालिम आयोजना गर्दै आएको जानकारी दिए। तालिममा सङ्घको माहतहतमा कास्की जिल्लामा सञ्चालित विभिन्न डोजाङ तथा स्कुलका सिनियर जुनियर गरी करिब एक सय खेलाडीको सहभागिता रहेको छ।

उनीहरुलाई विश्व तेक्वान्दो महासङ्घअन्तर्गत पिस कोर्पस् फाउन्डेसनबाट आएका चारजना दक्षिण कोरियाली प्रशिक्षकले बिहान डेढ घण्टा र सााझ डेढ घण्टा गरी पााच दिनसम्म तेक्वान्दो एरोविक, पुम्से, खेरोगी स्पायरिङ र बेसिक टेक्निकसम्बन्धी प्रशिक्षण दिनेछन्। तेक्वान्दो एरोविक नेपालमा पहिलोपटक आएको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए।

योङ इन युनिभर्सिटीका विद्यार्थी सोङ् थ्ङ छो, जनजु युनिभर्सिटीका विद्यार्थी पार्क जि यन र खिन थे यन तथा सनमुन युनिभर्सिटी कलेजका विद्यार्थी खिन थे थोङ्ले प्रशिक्षण दिने सहयोगी अचुत्तम लामिछानेले जानकारी दिए। लामिछाने स्वयं योङ इन युनिभर्सिटीमा अध्ययन गरेका विद्यार्थी हुन्। यसअघि यो तालिम काठमाडौं, ललितपुर र भक्तपुरमा एकमहिना सञ्चालन भइसकेको छ। यसपटक यो तालिम दोस्रो चरणको हो। गत वर्ष पहिलो चरणको तालिम काठमाडौं र पााचै विकास क्षेत्रमा सञ्चालन गरिएको थियो। तालिमको समापन आगामी भदौ १ गते शुक्रबार दिउासो गरिने छ।
प्रेमनारायण न्यौपाने
सचिव
कास्की जिल्ला तेक्वान्दो सङ्घ
सम्पर्क ९८४६०–४९४०८

Posted by Butwalonline on 7:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा पिस कर्पस् तेक्वान्दो तालिम सुरु"

Leave a reply