युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङ पक्राउ
काठमाडौँ, साउन १७- गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोगमा प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोज्दै गरेका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद भनेर चिनिने काशीराम गुरुङ पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठले प्रहरी निरीक्षक अवधेश विष्टको कमान्डमा प्रहरी टोली हिजो पठाएका थिए।
विष्ट नेतृत्वको टोलीले हिजो बेलुकी इलामको पशुपतिनगर आसपासबाट पक्रेको हो। गुरुङलाई हत्कडी लगाई भद्रपुरसम्म स्थलमार्गबाट र त्यहाँबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याइएको हो।
लामो समयदेखि उनी भारतको सिक्किमस्थित आफन्तहरुकहाँ लुकेर बसेका थिए। सिक्किममै रहेको अवस्थामा उनले केही नेपाली टेलिभिजन च्यानलहरुलाई अन्तर्वार्ता दिँदै सशस्त्र संघर्षको चेतावनी दिएका थिए।
महानगरीय प्रहरी परिसर ललितपुरले अहिले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
नेपाल प्रहरीले युनिटीका गुरुङसहित प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री अर्थ निर्देशक कृष्णबहादुर क्षेत्रीर महेन्द्र केसीलाई बिना इजाजत बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको (बैंकिङ्ग कसुर) र ठगी मुद्दाको अनुसन्धानको लागि मोस्ट वान्टेड सूचिमा राखेर दुई वर्षदेखि खोजी गरिरहेको छ।
गत असारमा फरार प्रबन्ध निर्देशक क्षेत्री अध्यक्ष रहेको जय युनिटी को अपरेटिभ पार्टी खोलेको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको थियो। पत्रकार सम्मेलनमा कृष्ण क्षेत्री र काशी गुरुङ पार्टीका केन्द्रीय सदस्य रहेको बताइएको थियो।
गैर कानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरेको सार्वजनिक भएपछि दुई वर्षअघि गृहमन्त्रालयले युनिटीका सञ्चालकलाई पक्रन निर्देशन दिएको थियो।
समाचार नागरिक न्यूज बाट