सञ्चार माध्यममा समाबेशीकरण मुद्दा बिषयक अन्र्तक्रियाक सम्पन्न
नेपालगन्ज १० भदौ । सञ्चार माध्यममा समाबेशीकरणको सोच बिकासका लागि सर्बप्रथपम मिडिया हाउसमा नै समाबेशी अवधारणा लागु हुनपर्नेमा जोड दिइएको छ ।
समुदायका लागि सञ्चार अभियान नेपालको चौथो बार्षिक साधारण सभाको अवसरमा आज नेपालगन्जमा आयोजित ‘सञ्चार माध्यममा समाबेशीकरण मुद्दा’ बिषयक अन्र्तक्रियाका सहभागिहरुले यस्तो जोड दिएका हुन । उनीहरुले सञ्चार माध्यममा समाजिक, सांस्कृतिक, तथा आर्थिक पक्षलाई बढि प्राथमिकता दिई समाजका रुढीबादी सोचको अन्त्य हुने किसिमका बिषयबस्तु उठाउनुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले शिक्षा, स्वास्थ्य, कृषिसगै बाताबरण, रोजगार, श्रम बजार, व्यक्ति बिशेषका सफलता लगायतका मुद्दा मिडियाहरुले उठाउनुपर्ने आवश्यकता रहेको औल्याएका थिए । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पुर्ब महासचिव पोषण केसीले सञ्चार माध्यममा समाबेशीकरणको अवधारणा ल्याउनु भन्दा अगाडी सरकारी मिडियालाई समाबेशी बनाउनु पर्ने माग गर्नुभयो । उहााले सञ्चार माध्यममा काम गर्ने दलित, मधेशी, महिला, मुस्लिम समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न जरुरी रहेको बताउदै सामाजिक बिकृतिको अन्त्य गर्नमा मिडियाको प्रमुख दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाण्ी पाण्डेले पाठक तथा स्रोतालाई उत्साहित बनाउने बिभिन्न जनचेतनामुलक बिषय बस्तु उठाउनु पर्नेमा जोड दिदै समाचारमा एकरुपता हुनुपर्ने बताउनु भयो । स्थानीय विकास अधिकारी विश्वराज डोटेलले जिल्लाको विकास निमार्ण सगै आर्थिक क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि जनतालाई सामाजिक उत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो । अधिकारकर्मी प्रकाश उपाध्यायले जिल्लाको विकट क्षेत्रका समस्या, सम्भावना तथा पिडितहरुको आवाज अभियानका रुपमा अघि उठाउनु पर्नेमा जोड दिदै भन्नुभयो—‘कार्यक्रममा मान्छेको भाषण भन्दा बिषय बस्तुको बारेमा समाचार आउनुपर्छ’ ।
नेपाल पत्रकार महासंघ बााके अध्यक्ष शुक्रऋषि चौलागाईले विभिन्न मिडियाहरुमा भाषागत दक्षताको अभावले समाबेशी हुन नसकेको बताउदै मधेशी, दलित, मुस्लिम समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धि गरि सञ्चारमाध्यममा सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुनराबेदन अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष ईश्वरी ज्ञवाली, जिल्ला बारका अध्यक्ष विश्वजीत तिवारी, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, गैसस महासंघका केन्द्रीय सचिव गोपालनाथ योगी, बिबिसी मिडिया एक्सनका मेघराज रसाईली, अधिकारकर्मी पुर्ण चन्द्र उपाध्याय, मणी आचार्य, कानुन व्ययसायी अब्दुल अजिज मुसलमान, राजेन्द्र शर्मा, माओबादीका डम्बर बिक, नेपाली काग्रेशका प्रशान्त बिष्ट, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, बुद्धिजिवी प्रभाकर मिश्र लगायतले सामाजिक सदभाव निमार्ण गर्ने खालका बिभिन्न बिषयबस्तुहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो । सिसिएनका अध्यक्ष तुला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राकेश मिश्रले गर्नुभएको थियो ।
फोटो पनि छ ।


