|

यूएईमा ६ जना नेपाली ८ महिनादेखि अलपत्र


यूएई , भाद्र ११ - यूएई को रासअल खेमा प्रान्तको अल साव्री स्टिल कम्पनीमा कार्यरत ६ जना नेपाली ८ महिनादेखि अलपत्र परेका छन् ।

गुल्मीका विष्णु प्रसाद ज्ञवाली, अर्घाखाचीका चिरञ्जिवी कुँवर, गुल्मीका वसन्त कुमार काउछा, झापाका बेद प्रसाद तिमल्सिना, इटहरीका दिपक आचार्य, र इलामका माधव दाहाल गत जनवरीदेखि वेतलवी भएका हुन् । उनीहरु ५–६ बर्षदेखि कम्पनीमा काम गर्दै आएका थिए ।

जनवरी सम्म कम्पनीले काम गरेको तलव दुई दुई महिनामा दिने गर्दथ्यो भने जनवरीदेखि तलव पनि दिन छाडेको ६ बर्षदेखि कार्यरत विष्णु प्रसाद ज्ञवालीले बताए । मार्च महिनासम्म उनीहरु सबैले काम गरेको तर तलव नदिएपछि काम गर्न पनि छोडेको र कम्पनीले गर्दै आएको काम पनि नभएको वताए । नेपालीहरुलगायत भारतीय गरी अहिले जम्मा १७ जना उस्तै उस्तै समस्यामा रहेको बताए ।

जनवरीमा कम्पनी मालिक जेलमा परेको हुनाले ४ जना नेपालीहरुको पासपोर्ट प्रहरीमा धरौटी राखी मालिकलाई निकालेको तर अहिले सम्म पासपोर्ट पुलिस थानामानै रहेको अर्का पीडित वसन्त कुमार काउछाले वताए । मालिकलाई जेलबाट निकालेपछि काम गर्न पाउने साथै तलव पनि आउने आश्वासनले पासपोर्ट धरौटीमा राखेको तर कम्पनी मालिकले आज निकाल्छु, भोली निकाल्छु भन्दा भन्दै महिनौ दिन विताएको वताए ।

पीडितहरुले नेपाली राजदूतावास यूएई मा लगभग ६ महिना अगाडि उद्धारको लागि निवेदन दिँदा लामो समय सम्म पनि दूतावासबाट पहल नगरेको बताए । दूतावासमा दुई पटक निवेदन दियौँ तर लामो समय सम्म पनि कुनै पहल भएन पीडित मध्येका विष्णुप्रसाद ज्ञवालीले वताए|
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 8:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएईमा ६ जना नेपाली ८ महिनादेखि अलपत्र"

Leave a reply