इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगितामा माउण्ट एभरेष्ट च्याम्पियन
पोखरा, १२ भदौ। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा रड्डशालास्थित ब्याडमिन्टन कोर्टमा सञ्चालित ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा चार स्वर्णसहित माउण्ट एभरेष्ट बोर्डिङ स्कुल पहिलोपटक च्याम्पियन बन्न सफल भएको छ। सोमबार यु–१६ ब्वाइज डबल, यु–१६ गल्र्स डबल र यु–१२ गल्र्स सिड्डल गरी तीन स्वर्ण जितेको उसले मड्डलबार यु–१६ ब्वाइज सिड्डलमा पनि थप एक स्वर्ण जितेपछि चार स्वर्णसहित च्याम्पियन बन्न सफल भएको हो। सो इभेन्टमा माउण्ट एभरेष्टका लविस गुरुङ र टप्सका दिपल गुरुङले कास्यपदक प्राप्त गरे।
यु–१६ ब्वाइज सिड्डलतर्फको फाइनल खेलमा माउण्ट एभरेष्टका राजबहादुर चौधरीले पोखरा एकेडेमीका प्रदीप अधिकारीलाई २१–१७ र २१–१७ ले पराजित गर्दै स्वर्णपदक जितेका थिए। च्याम्पियन बन्न सफल विद्यालयकी प्रिन्पिल हरिमाया शर्मा तथा खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले ट्रफी प्रदान गरेका थिए। मड्डलबार भएको यु–१६ गल्र्स सिड्डलतर्फको फाइनल खेलमा टप्स उमाविकी पुष्पा चौधरीले टप्सकै प्रतिभा गुरुङलाई २१–१९ र २१–१८ ले पराजित गर्दै स्वर्णपदक जितेकी थिइन्। सो खेलमा माउण्ट एभरेष्टका स्वेच्छा श्रेष्ठ र सविना परियारले कास्यपदक प्राप्त गरे।
यु–१२ ब्वाइज सिड्डलतर्फको फाइनल खेलमा प्रगति उमाविका विधान अधिकारीले सिद्धार्थ बोर्डिङ स्कुलका अविरल गुरुङलाई २१–९ र २१–११ ले पराजित गर्दै स्वर्णपदक हात पारे। सो इभेन्टमा पोखरा एकेडेमीका राजन जिसी र शान्ति निकेतनका गोपाल थापाले कास्यपदक प्राप्त गरे। प्रतियोगितामा बेस्ट प्लयेर घोषित यु–१६ ब्वाइज सिड्डलतर्फ स्वर्णपदक विजेता माउण्ट एभरेष्टका राजबहादुर चौधरी, यु–१६ गल्र्स सिड्डलतर्फ स्वर्णपदक विजेता टप्स उमाविकी पुष्पा चौधरी तथा उदीयमान खेलाडी यु–१२ ब्वाइज सिड्डतर्फ शान्तिनिकेतनका गोपाल थापाले मनसन साइकल स्टोर्स सिर्जनाचोक र आयोजकबाट संयुक्तरुपमा एक–एक थान साइकल प्राप्त गरे भने अर्का उदीयमान खेलाडी यु–१२ ब्वाइज सिड्डलतर्फ आदर्श बोर्डिङ स्कुलका उत्सव कार्कीलाई मनसन साइकल स्टोर्सको तर्फबाट एक थान साइकल प्रदान गरिएको थियो। यस्तै यु–१२ गल्र्स सिड्डलतर्फ माउण्ट एभरेष्टकी स्मृति पोखरेल र यु–१६ ब्वाइज सिड्डलतर्फ टप्सका दिपल गुरुङलाई पूर्व राष्ट्रिय खेलाडी मोहन नेपालीले व्यक्तिगत एक–एक थान र्याकेट र दुई–दुई हजार नगद प्रदान गरेका थिए।प्रतियोगितामा उत्कृष्ट पोशाकतर्फ पोखरा एकेडेमी र अनुशासनतर्फ सिद्धार्थ बोर्डिङ स्कुल पुरस्कृत भए।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, सशस्त्रका डीआईजी प्रेमकुमार शाही, मुख्य प्रायोजक डा.प्रिष्टिना गुरुङ, नेपाल निर्माण व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, स्व. इन्द्रबहादुर गुरुङकी धर्मपत्नी जगदीश्वरी गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि राखेप सदस्य–सचिव युवराज लामा, मुख्य प्रायोजक डा.प्रिष्टिना गुरुङ, टप्स उमाविका प्रिन्सिपल रत्नमान गुरुङ, सङ्घका प्रथम उपाध्यक्ष डम्मरसिंह गुरुङले मन्तव्य राखेका थिए भने तृतीय उपाध्यक्ष बलभद्र नकर्मीले कार्यक्रम सञ्चालन गरेका थिए।