कार्यसम्पादनप्रतिको गुनासोले समीक्षा प्रभावित
मुक्तिप्रसाद न्यौपाने,पाल्पा भाद्र १४ - जिल्ला विकास समिति पाल्पाले आर्थिक वर्ष २०६८।०६९ मा सम्पादन गरेका कामहरुको समीक्षा गर्न आयोजना गरेको गोष्ठीमा सेवाग्राहीहरुको गुनासो बढेपछि गाऊ विकास समितिको समीक्षा प्रभावित भएको छ ।
बुधबारदेखी तीन दिनसम्म सञ्चालन हुने भनिएको समीक्षा गोष्ठीमा गाऊ विकास समितिका सचिवहरुले प्रस्तुतीकरण गर्दा स्पष्ट नभएको गाविसमा सम्पादित कामहरुको गाविसमानै समीक्षा हुनुपर्ने र जिल्लामा कार्यरत सचिवहरुको इलाका स्तरीय प्रस्तुतीकरण स्पष्ट नभएको गुनासो बढेपछि समीक्षा प्रभावित भएको हो । सम्पादित कामहरुको स्पष्ट खाका ह्यान्ड आउट नभएपछि गाविस समीक्षा बिहिबारका लागि सारिएको छ । गाविस हकहित संरक्षण मञ्चका अध्यक्ष जयदेव पन्थीले गाविसका सचिवहरुले जिविसले दिएको खाका अनुसार विवरण भरेर ल्याएको र सम्पूर्ण विवरण अहिलेनै उपलब्ध गराउन नसक्ने बताएपछि बुधबारको गाविसको प्रस्तुतीकरण स्थगीत गरि विषयगत कार्यालयहरुको प्रस्तुतीकरण भएको थियो ।
स्थानिय निकाय जनप्रतिनिधी विहिन भएको अवस्थामा गाऊ विकास समितिका सचिवहरुलेनै सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका र एउटै सचिवले दुईवटा गाविसबाट भत्ताका रुपमा एउटाबाट ७७ हजार ४ सय ८६ र अर्कोबाट ७० हजार २ सय सम्म भत्ता बुझेको भेटिएको जिल्ला सेवा प्रवाह अनुगमन तथा छानविन समिति पाल्पाका संयोजक नेत्र पाण्डेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै संयोजक पाण्डेले समितिले प्रारम्भिक चरणमा ठूला योजना अनुगमन गरेको र अधिकााश योजनाहरुमा ठेकेदारहरुले काम नगरेको पाइएकोले ठेकेदारहरुलाई मौखिक रुपमा सचेत गराई कतिपय योजनाहरुका कामहरु सम्पन्न गरेको बताउनुभयो । अहिले विकासे अड्डामा कमिशन नभई काम नहुने अवस्था रहेकोले त्यो अवस्थालाई चिर्नकोलागि अनुगमन समितिले तदारुपताका साथमा काम गरेको बताउनुभयो । उहााले खानेपानि कार्यालयले टेन्डर प्रक्रिया विनानै काम गर्दै आएको, वन कार्यालयमा आन्तरिक चल्दै आएको, शिक्षा कार्यालयले वितरण गर्ने छात्रवृत्ति रकम विद्यार्थीहरुले नपाएको, कारागारमा भवन निर्माणकालागि ठेक्का लिएको ठेकेदार भागेको, अर्चले स्वास्थ्यचौकीमा ठेक्का भैसकेरपनि काम शुरु हुन नसक्नु जस्ता विषयमा सम्बन्धित कार्यालयले बेवास्ता गरिनुले कार्यसम्पादन राम्रो नभएको संकेत गर्ने कुरा उल्लेख गर्दै समितिले अनुगमन गरिसकेको र जनताबाट आएका गुनासाहरुका आधारमा छानविनको क्रममा रहेको उल्लेख गर्नुभएको थियो ।
गाविसको प्रस्तुतीकरण नभएपछि गोष्ठीको पहिलो दिन जिल्ला कृषि विकास, डिभिजन सहकारी, जिल्ला स्वास्थ्य लगायतका कार्यालयहरुले सम्पादन गरेका आफ्ना वार्षिक कार्यक्रमहरुको प्रस्तुती भएको थियो ।