|

मासिक शुल्क लिएको भन्दै विद्यार्थीद्वारा तोडफोड


चितवन, भदौ १४ - विद्यालयले मासिक शुल्क लिएको भन्दै पूर्वी चितवनको रत्ननगर-६ मा रहेको मोहना उच्च माविमा विद्यार्थीले तोडफोड गरेका छन्।

अघिल्लो वर्ष निःशुल्क पठनपाठन गराएको उच्च माविले यो शैक्षिकसत्रमा मासिक शुल्क लिएको भन्दै उनीहरुले आज विद्यालयमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।

विद्यार्थी सन्तोष मैनाली, कुशल खनाललगायतको सहभागितामा बाहिरी विद्यार्थीसमेत आएर तोडफोड गरेको विद्यालयले जनाएको छ। तोडफोडबाट प्राचार्यको कोठामा क्षति पुगेको छ भने झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ।

तोडफोडमा अन्य कलेजका विद्यार्थी पनि सहभागी रहेका प्राचार्य दयाराम ढकालले जानकारी दिए । अघिल्लो वर्षबाट उच्चमावि सुरु गरेको मोहना उच्चमाविले विद्यार्थी सङ्ख्या बढाउन निःशुल्क पठनपाठन सुरु गरेको थियो। तर आर्थिक स्रोत कम भएपछि यस शैक्षिकसत्रदेखि विद्यार्थीहरुबाट मासिक शुल्क ५०० लिन सुरु गरेको थियो। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मासिक शुल्क लिएको भन्दै विद्यार्थीद्वारा तोडफोड"

Leave a reply