क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसको आठौं वर्ष प्रवेशमा रक्तदान
पोखरा, १३ भदौ।क्रियाटिभ ब्रोडकाष्टिङ मिडिया प्लस पोखराले सातौ वर्ष पूरा गरी आठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा म·लबार रक्तदान कार्यक्रमको सम्पन्न गर्यो।
उक्त कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए।स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पहिलो रक्तदाता संस्थाका प्रवन्ध निर्देशक आई.डी. मिलन प्रतीकलाई ब्लड व्याग प्रदान गरेर उक्त कार्यक्रमको उ्घाटन गरेका थिए।
त्यस अवसरमा बोल्दै बास्तोलाले क्रियाटिभ ब्रोडकाष्टिङ मिडिया प्लसले रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक उत्तरदायित्व वहन गरेको बताए।उनले भने–‘कुनै पनि सञ्चार सम्बन्धी संस्था केवल पेशाको मात्र कुरा गर्दैन, सामाजिक विकासमा पनि संलग्न हुन चाहन्छ भन्ने यो एक उदाहरण हो।’
क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसीले स्वस्थ मानिसले रगत दिन सकिने र मानिसलाई बचाउने रगतको विकल्पमा अरु कुनै पनि उपाय नभएकाले रक्तदान जीवनदान र जीवनदान महान दान मानिएको बताए।
गोर्खाली एफएमका मार्केटिङ मेनेजर उमेश पौडेलले रक्तदानजस्तो महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए।कार्यक्रममा बोल्दै ब्रोडकाष्टिङका प्रवन्ध निर्देशक आई.डी. मिलन प्रतीकले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी सन्तोष पौडेलले गरेका थिए।