परीक्षा मिति भन्दा एक दिन पहिला प्रश्नपत्र आउट
काठमाडौं, भदौ ११ -पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले साउन २७ मा सञ्चालन गरेको प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षाको एक दिनअगावै बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ।
सिआइबीका निर्देशक एवं प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन भैरहेको र प्रतिवेदनको पूर्ण नतिजा नआएसम्म परीक्षा रद्द गर्ने/नगर्ने विषयमा केही भन्न नसकिने संस्थानका डिन भरत पहारीले जनाए। प्रवेश परीक्षामा मुलुकभरिका करिब ११ हजार विद्यार्थी सामेल थिए।
समाचार नागरिक न्यूज बाट