शुक्रबारदेखि सार्वजनिकयातायात पूर्णरुपमा ठप्प
काठमाडौं, श्रावण २६ - यातायात व्यवसायीहरुले शुक्रबारदेखि सार्वजनिकयातायात पूर्णरुपमा ठप्प पारेका छन् । व्यवसायीहरुको बन्दले सार्वजनिकयातायात मा यात्रा गर्नेलाई समस्या परेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई लाई बुझाएको संयुक्त पत्रअनुसार मागहरु सम्बोधन नभएको भन्दै शुक्रबारबाट सवारी साधन ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु माग पुरा गराउन सडक आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका थिए ।
चार यातायात व्यवसायीहरु र नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको यातायात ब्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्न, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन, यातायातमन्त्रालयबाट टफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गन गर्नु पर्ने, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिशन रकम सम्बन्धि निर्णय खारेज गर्नु पर्ने यातायात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गर्न गराउनु पर्ने र विमा नीति नीतिगत रुपमा व्यवहारमा लागू गराउनु पर्ने माग अगाडि सारेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्दनाथ कर्मचार्यले सडकलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरे । उनले पञ्चायतकाल भन्दा पनि बढी अहिलेको सरकारले यातायातव्यवसायीहरुलाई दुःख दिएको आरोप लगाए ।
समाचार कांतिपुर बाट