6:39 AM | Posted by Butwalonline
काठमाडौं, श्रावण १८ - हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक धागो बाँधि विहीवार रक्षाबन्धन पर्व मनाइँदै छ । यस दिन तागाधारी (जनै लाउन पर्ने)हरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने गरिन्छ ।
|
तस्बीर :सौजन्य राजेश्वर उदय तानसेन
|
पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ । रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाँध्ने गरिन्छ । यस दिन बाँधिएको त्यस धागोलाई तिहार लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
|
तस्बीर :सौजन्य राजेश्वर उदय तानसेन
|
नयाँ जनै लगाउने तागाधारीहरुबाट सप्त ऋषि कश्प, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित बसिष्ठलाई तर्पण दिने भएकाले यस पर्वलाई 'ऋषि तर्पणी' पनि भन्ने गरिन्छ । यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फिर्ने गरिन्छन् ।
तराई भेगमा यस दिनलाई दिदी बहिनीले आफ्नी दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक 'राखी' बाँधि दिने गर्दछन् ।
|
तस्बीर :सौजन्य राजेश्वर उदय तानसेन |
|
तस्बीर :सौजन्य राजेश्वर उदय तानसेन |
सम्बन्धित शीर्षकहरु: News,
Photo Gallery
Posted by Butwalonline
on 6:39 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response