जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
चितवन भदौ ५ - चितवनको भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
नारायणगढबाट हेटौँडातर्फ गइरहेको ना २ च ३५०७ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको बा ४४ प ६७४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर- ८ निपानीचोक निवासी ३५ वर्षीय रामचन्द्र पौडेलको मृत्यु भएको हो ।जिप चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
(समाचार ऑनलाइन खबर बाट)
