|

कुर्सी हानाहान पछि स्थगित एकीकृत माओवादीको विस्तारित बैठक पुनः सुरु


काठमाडौं, श्रावण ५ - बन्द सत्रमा कुर्सी हानाहान भएपछि स्थगित भएको एकीकृत माओवादीको विस्तारित बैठक पुनः सुरु भएको छ ।

तनावपछि भृकुटीमण्डप नजिकैको पर्यटन बोर्डको सभाहलमा बसेको आकस्मिक पोलिट्ब्युरो बैठकले विस्तारित बैठक सुचारु गर्ने सहमति गरेपछि पुनः सुरु भएको हो ।

समूहगत रिर्पोटिङका क्रममा भोजपुरा राज्य समितिबाट संस्थापन वा उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कसले पहिले भन्नेमा विवाद भएपछि तनाव भएको थियो । आफ्ना पक्षका कार्यकर्तालाई बोल्न नदिएको भन्दै भट्टराई उठ्न खोज्दा पोलिट्ब्युरो सदस्यद्वय लोकेन्द्र विष्ट र जनार्दन शर्माले हात समातेर रोक्न खोज्दा स्थिति तनावपूर्ण भएको हो ।

स्रोतका अनुसार शर्मलाई भट्टराईपक्षका प्रभू शाहले हात हालेका थिए भने फ्लोरबाट भट्टराई र दाहाललाई लक्षित गर्दै कुर्सी प्रहार भएको थियो ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 4:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुर्सी हानाहान पछि स्थगित एकीकृत माओवादीको विस्तारित बैठक पुनः सुरु"

Leave a reply