कालीगण्डकी नदीको बीचमा फसेका तीन जनाको उद्दार
बाग्लुङ, साउन ५- बाग्लुङ नगरपालिका-१ गणेश घुम्ती नजिकै कालीगण्डकी नदीको बीचमा फसेका तीन जनालाई प्रहरी र स्थानीयले उद्दार गरेका छन्। पानीको सतह कम भएको अवस्थामा नदीको बीच टापुमा बालुवा लिन गएको ट्याक्टरसहित शुक्रबार तीन जना फसेका थिए।
नदीमा पानीको बहाब एक्कासी बढेपछि ध१त ८३ नम्बरको ट्याक्टरसहित उनीहरु फसेका थिए। ट्याक्टरमा रहेका चालक म्याग्दी भकिम्ली-२ का अमृत पुन, भकिम्ली-३ का सुमन बोहोरा, पर्वत नाङलिवाङ-२ की दिलमाया थापालाई सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कृष्ण सिवाकोटीले बताए।
समाचार नागरिक न्यूज बाट