बलिउडका सुपस्टार राजेश खन्नाको निधन
(एजेन्सी) - बलिउडका सुपस्टार राजेश खन्नाको निधन भएको छ। केही महिनायता थलिँदै आएका खन्नाको आज निधन भएको टेलिभिजन च्यानलहरुले जनाएका छन्। उनका परिवारजन तथा आफन्तहरु बान्द्रस्थित घरमा जम्मा भएका छन्। आजै साँझ उनको अन्त्येस्टी गरिने बताइएको छ। खन्नाको बुधबार दिउँसो मुम्बर्इस्थित आफ्नो घर आर्शिवादमा निधन भएको हो । खन्नाको निधनसँगै बलिउड शोकमा डुबेको छ ।

