|

बाबुले फाले १० महीने छोरालाई बिष्णुमती खोलामा


काठमाडौँ, साउन ४ - श्रीमतीसँग झगडा भएपछि आफ्नै १० महिनाको छोरालाई बिष्णुमती खोला किनारामा फालेको अभियोगमा काठमाडौँ महानगरपालिका-१६ सुकुम्बासीटोल बालाजु बस्ने प्युठान जिल्ला रखवारा घर भएका ३८ वर्षीय हरिबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले गएराति साढे नौ बजे श्रीमती मनिका मगरसँग झगडा हुँदा १० महिनाको छोरा अभिषेक मगरलाई बिष्णुमती किनारामा फालेको प्रहरीले बताएको छ। बच्चा फालेको खबर पाएपछि खटिएको प्रहरीले बालकको उद्धार गरी उपचारको लागि जनमैत्री अस्पताल बालाजु लगेको थियो। उपचार पश्चात बालक डिस्चार्ज भएका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाबुले फाले १० महीने छोरालाई बिष्णुमती खोलामा"

Leave a reply